Logo

प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक भारत भ्रमणमा जाँदै, शनिवारदेखि शुरुहुने ब्रिक्स सम्मेलनमा भाग लिने

प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक भारत भ्रमणमा जाँदै, शनिवारदेखि शुरुहुने ब्रिक्स सम्मेलनमा भाग लिने


बिजखबर संवाददाता
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिवार भारत जादै छन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो दोस्रो भारत भ्रमण हुनेछ । ब्रिक्स शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिवार विहान गोवा प्रस्थान गर्ने भएका हुन् ।
भारतको गोवामा शनिबारदेखि ब्रिक्स शिखर सम्मेलन हुँदै छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो मान्न प्रधानमन्त्री सो सम्मेलनमा जाने भएका हुन् ।
ब्राजिल (बि), रुस (आर), भारत (आई), चीन (सि) र दक्षिण अफ्रिका (एस) गरी पाँच राष्ट्रहरु मिलेर सन् २००९मा बनेको हो । यसको स्थापना अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको हो । यस वर्षको आठौं शिखर सम्मेलन गोवामा अक्टोबर १५ देखि १६ सम्म दुई दिन चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्