Logo

गर्मीसँगै विद्युतको माग हालसम्मकै उच्च, पानी परेपछि निर्यात बढदा आयात घट्यो

गर्मीसँगै विद्युतको माग हालसम्मकै उच्च, पानी परेपछि निर्यात बढदा आयात घट्यो



काठमाडौं । नेपालमा बिजुलीको माग हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा बिजुलीको कुल पिक डिमाण्ड २३ सय १६ मेगावाट पुगेको छ । यो हालसम्मकै उच्च माग हो ।

laxmi

अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष बर्खा लाग्दापनि लामो समयसम्म पानी परेन । मनसुन भित्रिएपनि केहि स्थानमा अझै खडेरीको मार छ । नेपालकै कुरा गर्दा पूर्वतिर बाढी पहिरो नै आउने अवस्था आएपनि पश्चिमतर्फ भने अझै मनसुन पुग्न सकेको छैन । जसका कारण देशभरका नागरिकहरुले यो बर्ष उच्च गर्मीको सामना गर्नुपर्याे । यसरी उच्च बढेको गर्मीका कारण यो बर्ष बिजुलीको माग पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

उपभोक्ताहरुले गर्मी कम गर्न पंखा, एसी, फ्रिज, कुलरलगायतका उपकरणहरु उच्चतम प्रयोग गर्दा नेपालमा बिजुलीको उच्च माग २३ सय मेगावाट नाघेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार हाल नेपालमा बिजुलीको कुल पिक डिमाण्ड २३ सय १६ मेगावाट पुगेको हो । यसअघि १७ सय देखि २ हजार मेगावाटमा अड्किएको नेपालको विद्युत माग हाल २३ सय अर्थात हालसम्मकै उच्च विन्दु पार गरेको हो ।

यता बर्खा लागिसक्दा पनि बेलैमा पानी नपर्दा नेपालको उत्पादनले भ्याउने कुरा भएन जसका कारण विद्युत प्राधिकरणले भारतबाट बिजुली ल्याएर काम चलाउनुपर्याे । अब भने यो तथ्यांक फेरिएको छ । करिव १ हप्ताअघिदेखि नेपालका धेरैजसो स्थानमा बर्षा सुरु भएसँगै खोलानालाको सतह बढेको छ । खोलानाला बढेसँगै जडान गरिएका जलविद्युत प्लान्टहरुका टर्वाईन धेरैभन्दा धेरै प्रयोगमा आएका छन् । यसरी प्रयोगमा आएका टर्वाइनबाट उच्चतम बिजुली उत्पादन भई नेपालबाट निर्यात हुने बिजुलीको तथ्यांक उकालो लागेको छ भने आयातको तथ्यांक ओरालो लागेको छ ।

नेपालका प्राय जलविद्युत आयोजनाहरु नदी प्रवाही (रन अफ रिभर)मा आधारित छन् । यसो हुँदा यी आयोजनाहरुबाट बिजुली नदीको सतह बढेसँगै बढ्ने र घटेसँगै घट्ने हुन्छ । जसका कारण पछिल्लो समय नदीको सतह बढेसँगै आयोजनाबाट उत्पादन हुने बिजुलीको मात्रा बढेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए । ‘देशैभर धेरै स्थानमा पानी परेपछि नदीहरुमा जलसतह बढेको छ,’ उनले भने, ‘यसले नेपालको उत्पादन बढाई आयात न्युनिकरणमा अब सहयोग पुर्याएको छ ।’ उनका अनुसार पश्चिम नेपालमा अझै आवश्यकजति पानी नपरेकाले अझै विद्युत उत्पादन बढ्ने देखिएको छ ।

खासगरी नेपालले चालु बर्ष मात्रै कुनै समय ८ हजार मेगावाट आवरसम्म बिजुली आयात गरेको थियो । उक्त आयात हाल घटेर ४४ मेगावाट आवरमा झरेका छ । हाल नेपालको विद्युत प्रणालीमा विद्युत प्राधिकरण, सब्सिडरी कम्पनी र स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको गरी कुल ५१ हजार २ सय ७३ मेगावाट आवर बिजुली उत्पादन भइरहेको छ । खासगरी साँझपख ८ बजेसम्म यो आन्तरिक रुपमा उत्पादन भएको बिजुली नेपालका लागि अपुग हुन्छ ।

त्यसबेलासम्म केहि मात्रामा अर्थात हाल ११ सय मेगावाट आवर आसपास बिजुली भारतबाटै आयात गर्ने गरिएको छ । तर, त्यसपश्चात बिहान करिव ११ बजेसम्म नेपालमा उत्पादन भएको बिजुली नै फालाफाल हुने भएपछि प्राधिकरणले हाल रातको समयमा ११ हजार मेगावाट आवर बढी बिजुली भारततर्फ निर्यात गर्ने गरेको प्रवक्ता घोष बताउँछन् । हाल नेपालको कुल बिजुली माग ५१ हजार ६ सय ९२ मेगावाट आवर हो । त्यसमध्ये केहि स्थानमा लाइन ट्रिपिङलगायतका समस्याले विद्युत विच्छेद हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL