Logo

चार लाख भन्दा बढी मानिस काठमाडौं फर्किए, राजधानीमा चहलपहल बढ्न थाल्यो

चार लाख भन्दा बढी मानिस काठमाडौं फर्किए, राजधानीमा चहलपहल बढ्न थाल्यो


बिजखबर संवाददाता
0
Shares

दशै मान्न मुलुकका विभिन्न स्थान पुगेका मानिसहरु काठमाडौं फर्कने क्रम बढेको छ । दशैंको टिका सकिएपछि दैनिक जीवनमा फर्कन काठमाडौं भित्रने संख्या बढ्दै गएको यातायात व्यवसायीले जनाएका छन् । यससँगै राजधानी काठमाडौंमा चहलपहल बढ्न थालेको छ ।
दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका ४ लाख भन्दा बढी मानिस फर्किसकेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ । टिका सकिएको दोस्रो दिन बिहीवार झण्डै डेढ लाख मानिस काठमाडौं भित्रिएको महासंघका महासचिव सरोज सिटौंलाले बताए । ‘अब भोलि र पर्सि सवैभन्दा धेरै फर्कने छन्’ उनले भने, ‘पूर्णिमासम्म ५० प्रतिशत मानिस राजधानी फर्किसक्ने हाम्रो अनुमान छ ।’ करीब ४० प्रतिशत मानिस तिहार तथा छठ पर्वपछि फर्कने उनले बताए । बाकी १० प्रतिशत भने दशै तिहारको बीचमा आउने छन् । दशै मनाउन काठमाडौंबाट करीब २२ लाख मानिस मोफसलमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्