Logo

सुनको मूल्यमा प्रतितोला १२ सयको वृद्धि, चाँदीको मूल्य पनि उकालो

सुनको मूल्यमा प्रतितोला १२ सयको वृद्धि, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ४१ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले उकालो लाग्दै प्रतितोला १७ सय ९० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्