Logo

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL