Logo

सरकारले खोल्यो जलविद्युत कम्पनी, सर्वसाधारणको २९ प्रतिशत सेयर

सरकारले खोल्यो जलविद्युत कम्पनी, सर्वसाधारणको २९ प्रतिशत सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी जलासययुक्त परियोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापना गरेको छ । विद्युत उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना विहिवार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

कम्पनीबाट सरकारले नलसिंङ गाड, बुढिगण्डकी, नौमुरे, सुनकोसी, कर्णाली चिसापानीलगायत जलासययुक्त आयोजना निर्माण गर्ने उदेश्य राखेको बताइएको छ ।

सो कम्पनीको चुक्ता कुल पूँजी ३० करोड रुपैयाँ हुनेछ । त्यस्तै कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ हुने बताइएको छ । कम्पनीको जारी पूँजी १० अर्ब र सस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी दुई अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ ।

विद्युत उत्पादन कम्पनीमा सर्बसाधारण नागरिकका लागि १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दाका लागि १० प्रतिशत र अति विपन्न परिवारलाई दुई प्रतिशत रहने गरी सेयर बिभाजन गरिएको छ।

त्यसैगरी कम्पनीमा नेपाल सरकार उर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहने छ । अर्थ मन्त्रालयको ५ प्रतिशत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच प्रतिशत सेयर रहेको छ ।

कम्पनीमा नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसंचार कम्पनी लिमिटेड, नागरिक लगानी कोष रकर्मचारी संचय कोषको १० प्रतिशत र जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेडको ४ प्रतिशत सेयर रहेको छ । राष्ट्रिय बिमा संस्थानको दुई प्रतिशत सेयर रहेको जानकारी पनि उर्जा मन्त्रालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस्