Logo

दोहोरो अंकले घट्यो सेयर बजार , कारोबार ४ अर्ब ५ करोडको

दोहोरो अंकले घट्यो सेयर बजार , कारोबार ४ अर्ब ५ करोडको



काठमाडौं । नेपाली सेयर बजार साताको चौथो दिन अर्थात बुधबार दोहोरो अंकले घटेको छ । बुधबार, नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ मा आइपुगेको छ ।

बुधबार ८७ लाख २७ हजार कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गुडविल फाइनान्सको १५ करोड १६ लाख, एनआरएनको १३ करोड ३३ लाख, ग्लोबल आईएमई लघुवित्तको ८ करोड ८२ लाख, पोखरा फाइनान्सको ८ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL