Logo

करवृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु व्यवसाय बन्द गरेर सडक आन्दोलनमा

करवृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु व्यवसाय बन्द गरेर सडक आन्दोलनमा



काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुनको भन्सार दरमा गरेको कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।
उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरु र कालिगढहरुलाई बिस्तापित गर्न पाइदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागु गर’, लगायतका प्लेकार्डहरु बोकेका थिए ।

राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार बढेर २० प्रतशत पुगेर महँगो पर्न गएको व्यापारीहरुको गुनासो छ । विरोध गरेका हुन् ।

कार्यक्रममा सहभागीले राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा उत्रिएको बताए । उनीहरुले १५ प्रतिशतमा ५ प्रतिशत थप गरेर भन्सार दर वृद्धि गर्नु उपभोक्ताको हित विपरीत भएकाले मारमा पारेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन्् ।

प्रतिक्रिया दिनुहोस्
MBL