काठमाडौं । जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई ६१ करोड सहयोग गरेको छ ।
जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न ३३ करोड, सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड, गोदामघर निर्माण गर्न तीन करोड सहयोग गरेको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ ।
त्यस्तै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न ५ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ करोड तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा ३ करोड प्रदान गर्ने बताइएको छ ।
उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउन लागेको हो ।