Logo

झलनाथ खनाल सर्प पालन प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार : तत्कालीन मन्त्रीसहित पाँच दोषी ठहर

झलनाथ खनाल सर्प पालन प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार : तत्कालीन मन्त्रीसहित पाँच दोषी ठहर



काठमाडौं । ‘झलनाथ खनाल सर्पपालन प्रतिष्ठान’ मा भएको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित पाँच जना दोषी ठहर भएका छन् ।

सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा मधेश सरकारका तत्कालीन मन्त्री विजय कुमारसहित पाँच जना दोषी ठहरिएका हुन् ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वमन्त्री कुमारसहित पाँच जनालाई दोषी ठहर गरेको हो । दोषी ठहराइएकाहरूमा प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय छन् । लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL