Logo

वास्तविकतालाई जोड दिएकाले मौद्रिक नीतिले बजेटलाई साथ दिनेमा ढुक्क छौं : अर्थसचिव मरासिनी

वास्तविकतालाई जोड दिएकाले मौद्रिक नीतिले बजेटलाई साथ दिनेमा ढुक्क छौं : अर्थसचिव मरासिनी



काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले मौद्रिक नीतिले बजेटलाई पूर्ण रूपमा साथ दिनेमा ढुक्क रहेको बताएका छन् । उनले नेपल्बारथिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व मौद्रिक नीति छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
‘आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रलाई समेटेर वास्तविक रूपमा आएको छ,’ उनले भने, त्यसैले मौद्रिक नीतिले पनि यसलाई सहयोग गर्नेमा ढुक्क छौं ।’

मराससिनीले बजेट वास्तविक हुनुपर्छ र मौद्रिक नीतिसँग मेल खाने हुनुपर्छ भनेर नै बजेटको सीमा सोहीअनुसारको ल्याएको बताए । ‘ पूर्वाधार निर्माणमा जाने बजेटको ठूलो भार प्रक्रियामा रहेका र बढी प्रतिफल दिने आयोजनामा जानुपर्छ भन्ने कुरालाई जोड दिएका छौं । अहिले ६ प्रतिशतलाई वृद्धिदर हासिल गर्यो भनेपनि हामी सफल हुनेछौ। बजेट वास्तविक छ ।’

यसपालिको बजेटमा सकेसम्म काम राजश्वका दरहरु परिवर्तन गरेको बताउँदै उनले ५ वर्षसम्म स्थिर रहने गरी नीति बनाउन लागेका भएपनि पछि केही समस्या आउँलाकि भनेर पछि सरेको बताए । उनले सरकारको खर्च बढाउने गरी मौद्रिक नीतिले सहयोग गर्ने पनि बताए । उनले भने–‘राजश्वमा चाप परेका कारण हामीलाई समस्या भएको हो । अहिले सहज भयो र सहुलियत कर्जा र बीमाको रकम पनि भुक्तानी भएको छ । हामी एकाउन्टेबल छौं । हामी पछिल्लो समय आर्थिक वृद्धिमा पछि परेकै हौ। हामीले निजी क्षेत्रलाई पनि हेरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL