Logo

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति थप पेचिलो बन्दै, दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने महान्याधिवक्ताको राय

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति थप पेचिलो बन्दै, दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने महान्याधिवक्ताको राय



काठमाडौं । पछिल्लो समय निकै विवादित बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सम्बन्धमा महान्याधिवक्ता कार्यालयले दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । सो प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो।

स्रोतका अनुसार कानुनमै प्रष्टसँग योग्यता पुगेका कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था उल्लेख भएको जनाउँदै कार्यालयले सोहीअनुसार दुई जनाको नाम सिफारिस नगर्नु भनेर राय दिएको छ । कानुनमै दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भनेको र बाँकी बिषय भने छनौट समितिले नै निर्णय गर्न उपयुक्त हुने राय पनि महान्यायाधिवक्ता कार्यालयले दिएको छ ।

बोर्ड अध्यक्ष बन्न दौडमा रहेका १९ जनामध्ये सर्ट लिस्टमा परेका ५ जनालाई असार २ गते अन्तरवार्ताका लागि बोलाइएको थियो । सेटिङमा कुनै उम्मेदवारलाई अध्यक्ष बनाउन खोजिएको सामाचारहरु सार्वजनिक भएपछि पाँच मध्ये ३ जना प्रतिस्पर्धीले अन्तरवार्ता बहिष्कार गरेका थिए ।

सर्टष्टिमा परेका पाँचमध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तरवार्ता दिएका थिए भने डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्ण बहादुर कार्कीले अन्तरवार्ता बहिष्कार गरेका थिए । दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने महान्याधिवक्ताको रायपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरण थप पेचिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL