Logo

अफगानिस्तान टी- २० विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

अफगानिस्तान टी- २० विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो



काठमाडौं । अफगानिस्तान जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बंगलादेशले१७.४ ओभरमा अल आउट हुदै १०५ रन बनाएको थियो । बर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल विहिबार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।

त्यस्तै अर्को सेमिफाइनलमा भारत र इङल्याण्ड खेल्ने भएका छन् । यो खेल विहिबार राती ८: १५ बजेदेखि शुरु हुने छ । योसंगै अस्ट्रेलिया र बंगलादेश भने विश्वकपबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL