Logo

सांसदलाई अर्थमन्त्री पुनको जवाफ – एकै निर्वाचन क्षेत्रमा धेरै बजेट खन्याइएको सत्य होईन

सांसदलाई अर्थमन्त्री पुनको जवाफ – एकै निर्वाचन क्षेत्रमा धेरै बजेट खन्याइएको सत्य होईन



काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सरकारले कुनै निश्चित मन्त्री वा सांसदको क्षेत्रमा मात्रै बजेट खन्याईएकाे कुरा सत्य नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

सरकारले आवद्यिक रूपमा बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन,बजेट तर्जुमा दीग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका र अधिकार समान रहेको उनको भनाई थियो । सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकास प्रति प्रतबद्ध रहेको छ।

यद्यपी सरकारले बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुबर्षीय स्रोत सहमति दिएका, आगामी आर्थिक बर्षमा सम्पन्न हुने, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने, क्रमागत रूपमा रहेका तथा अनिवार्य दायित्व अन्तर्गत खर्च हुने आयोजना तथा कार्यक्रममा प्राथमिकतापूर्वक अनिवार्य रूपमा बजेट प्रस्ताव गर्नुपर्ने उनले बताए ।

‘यसरी प्रस्ताव गर्दा सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुन सक्छ तर नेपाल सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य होईन र सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्न कटिबद्ध रहेको कुरा सम्मानित संसद समक्ष जानकारी गराउन चाहन्छु।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL