Logo

विश्व बैंकबाट १० अर्ब ६७ करोड ऋण लिन मन्त्रिपरिषदको स्वीकृति, विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

विश्व बैंकबाट १० अर्ब ६७ करोड ऋण लिन मन्त्रिपरिषदको स्वीकृति, विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त



काठमाडौं । सरकारले विश्व बैंकबाट ८० मिलियन डलर (१० अर्ब ६७ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा राम प्रसाद धिताललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यस्तै आयोगको सदस्यमा मधुसुदन अधिकारी र झमक प्रसाद शर्मालाई नियुक्त गर्ने निर्णसमेत गरेको छ ।

यस्तै मन्त्रिपरिषदको बैठकले राष्ट्रिय दूग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL