Logo

त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने



काठमाडौँ । कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार, कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यस अवधिमा, कात्तिक २३ देखि चैत १८ सम्म विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहने उल्लेख गरिएको छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे देखि राति २ बजेसम्म सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL