Logo

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्न गृहको निर्देशन (पत्रसहित)

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्न गृहको निर्देशन (पत्रसहित)



काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीहरूलाई डास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको छ ।

सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यसपछि ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL