Logo

गड्तौलाले सम्हालिन् निमित्त मुख्यसचिवको जिम्मेवारी, निलम्बित अर्यालको योजना आयोगमा सरुवा

गड्तौलाले सम्हालिन् निमित्त मुख्यसचिवको जिम्मेवारी, निलम्बित अर्यालको योजना आयोगमा सरुवा



काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसिरहेको छ । केहीबेरअघि सिंहदरबारस्थि प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलायकी वरिष्ठतम् सचिव लिला गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन् । सोमवार बसेको क्याबिनेट बैठकमा उनी मुख्य सचिव बस्ने स्थानमा बसेकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायरसँगै उनी स्वतः निलम्बित भएका छन् । अर्याल स्वतः निलम्बनमा परेपछि गड्तौलाले निमित्त मुख्य सचिवको भूमिका निर्वाह गरेकी हुन् । मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

अर्यालको योजना आयोगमा सरुवा

भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको हो ।

योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरेर अर्यालको सरुवा गरिएको हो । अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलाले पाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिवहरूमध्येबाट गड्तौलाले मुख्यसचिवको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL