Logo

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्रीदेखि बहालवाला मुख्य सचिवविरुद्ध मुद्धा दायर गर्दै अख्तियार

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्रीदेखि बहालवाला मुख्य सचिवविरुद्ध मुद्धा दायर गर्दै अख्तियार



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वमन्त्रीसहित बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गर्ने भएको छ ।

आयोगले पूर्व संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, मोहन वहादुर बस्नेत, गोकुल बास्कोटा र बहालवाला मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो । यसअघि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत पुसमा यस सम्बन्धमा छानविन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोही अनुसार अख्तियारले हालसम्म टेरामक्स खरिद प्रकरणको छानविन गर्दै आईरहेको थियो ।

छानविनका क्रममा पूर्व मन्त्रीहरुकै संलग्नता भेटिएपछि आयोगले कर्मचारीका विरुद्ध मात्रै मुद्धा हाल्ने तयारीसमेत गरेको थियो । तर, मन्त्रीहरुलाई चोख्याएर कर्मचारीहरुलाई मात्रै मुद्धा दायर गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि यो प्रकरणमा मुछिएका सबैका विरुद्ध मुद्धा दायर गर्न लागेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

मुद्धा दायर गर्न लागिएका मन्त्री र मुख्य सचिवहरुले आफु पदमा भएका बेला टेरामक्स खरिद कार्यका नाममा विभिन्न शिर्षकमा ठुलो रकम भ्रष्टाचार गरेको अख्तियारको अनुमान छ ।

पूर्वमन्त्रीहरु सहित यो मुद्धामा नेपाल दूरसञ्चार प्राधिकरणका करिब डेढ दर्जन कर्मचारीहरु मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL