Logo

बिष बनाएर बेचिँदै ‘आँप’, राज्य मुकदर्शक !

बिष बनाएर बेचिँदै ‘आँप’, राज्य मुकदर्शक !



काठमाडौं । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आ–आफ्नै गुण महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टीकै कारण यसलाई फलको राजा भानिन्छ ।
प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला ।

पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जेसंग मिसाएर खाँदा त्यतिकै सन्तुष्टी पाईन्छ । हुन त सहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामाग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने गरिन्छ । तर पछिल्लो समय व्यापारीहरूले बिभिन्न केमिकलको प्रयोग गरेर कृतिम रूपमा पकाएको आँप मानव स्वास्थको लागि मन्द बिष बन्दै गएको छ । फलको राजा आँपलाई बिष बनाएर खुलेआम बिक्री गरिरहँदा पनी राज्य मुकदर्शक बनेको छ ।

आँपको इतिहास

हजारौं बर्ष अगाडि पूर्वोत्तर भारत, म्यान्मार र बांगलादेशमा आँपको खेती पैदावार सुरु भएको थियो । जहाँबाट यो दक्षिण भारत आएको थियो । आँपको सबभन्दा पहलो नाम ‘आम्र–फल’ राखिएको थियो । यसलाई प्रारम्भिक वैदिक साहित्यमा ‘रसाला’ र ‘सहकार’ को रूपमा पनि सन्दर्भित गरिएको थियो, जसको उल्लेख बृहदारण्यक उपनिषद र पुराणमा पनि पाइन्छ ।

यसमा आमको रुखलाई काट्नुलाई निन्दाको रुपमा उल्लेख गरिएको छ । दक्षिण भारतमा यो फलको नाम तमिलमा अनुवाद गर्दा ‘आम–काय’ राखिएको छ । जुन बोलचालको भाषामा बदलेर बिस्तारै ’मामकाय’ बन गयो । मलयाली मानिसहरूले यसलाई पछि गएर ‘मांगा’ को नाम बदलेको थियो । केरलमा पुर्तगालीले यो फलसँग मोहित भएर यसलाई उनीहरूले आपको रूपमा अहिले रहेको इतिहास छ ।

आँप र बुद्धको बीचको सम्बन्ध

समय परिवर्तन हुँदै गयो, तर आपप्रतिको प्रेम र सम्मानमा कुनै कमी आएको छैन । गौतम बुद्धको समयकालमा आँपले अझै बढी लोकप्रियता हासिल गरेको थियो । बौद्ध धर्मको उदयसंगै, आप र बुद्ध धर्मका अनुयायीबीच आस्था र समृद्धिको प्रतिनिधित्व गरेको थियो । त्यस समय आँपलाई एउटा उपहारको रूपमा आदान–प्रदान गर्न सुरू गरिएको थियो । त्यति मात्र नभई कूटनीतिको लागि पनि आँपको प्रयोग भइरहेको थियो । सो समयकालमा बौद्ध भिक्षु जहाँ जाँदा पनि साथमा आँप लिएर जान्थे, सो समय आँप फल मानिसहरूको बीचमा निकै लोकप्रिय भएको थियो ।

समृद्धिको प्रतीक आँप

प्राचीन भारतका शुरुआती लेखक–यात्री मेगस्थनीज र ह्सियुन–त्सांगले लेखेका छन– कसरी प्राचीन भारतीय राजा, विशेष रूपमा मौर्य, आँपलाई समृद्धिको प्रतीकको रूप मान्दथे र सड़क राजमार्गहरुको छेउमा आपको बिरुवा लगाउँदथे । यसको अलावा उनीहरूले आँप फलको अविश्वसनीय स्वादको बारेमा पनि लेखेका थिए, जसको कारण आँप भारतभन्दा बाहिर पनि निकै लोकप्रिय भएको थियो । मुंडा आदिवासिहरु र स्वामी चक्रधरको दत्तराय सम्प्रदायले पनि यस फललाई प्राचीन भारतको जन–जनसम्म पु¥याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

मुगलकालको अलाउद्दीन खिलजी आँपको पहिलो संरक्षक बने । उनले आफ्नो किलामा एउटा भव्य भोजको आयोजना गरेका थिए, जसको मेन्यूमा अलग–अलग किसिमको आँपको अलावा केही पनि थिएन । यसको अलावा आँपको एउटा छुट्टै कथा छ, जुन आँपप्रति मुगलहरुको प्रेम दर्शाउँछ । भनिन्छ उनीहरू भारतबाट काबुल भाग्ने समय हुमायूंले आँपको ठूलो भण्डार लगेका थिए । त्यसैगरी सो कालमा अकबरले बिहारको दरभंगा नजिकै आँपको विशाल लक्खी बाग बनाएको थियो । जसमा एक लाख भन्दा बढी आँपको रुख थियो ।

तोतापुरी, रटौल र केसरसहित महंगो जातको आँपको खेती सुरुआत त्यहीँबाट भएको मानिन्छ । यसको अलावा प्राचीनकाल भारतीय शासकहरूसँग जोडिएको आँपको अनेकौं कथाले पनि यसको महत्व झल्काउँछ ।

अंग्रेजहरुले कम गरे आँपको वर्चस्व

यूरोपियनहरू भारतमा आएपछि आँपको वर्चस्व निकै प्रभावित भएको थियो । आँपको शाही ठाठ पनि बस्तारै कम भएको थियो । भारतमा अहिले पनि अहमदाबाद, लखनऊ, इलाहाबाद, दिल्ली र गोवामा प्रत्येक बर्ष मैंगो फेस्टिवल मनाई.न्छ । यसले एउटा सांस्कृतिक विरासतको रूपमा यसको पहिचान गराउन मद्दत गर्छ । यस्तो इतिहास बोकेको फलको राजा आँपलाई अतिज्वलनशिल पदार्थ कार्वाईड प्रयोग गरी पहेंल्याएर मन्द बिष बनाईरहँदा राज्य मुकदर्शक बनेको छ ।

सरोकारवाला निकायको बेवास्ताका कारण देशका साना ठूला प्रत्येक बजारमा समयअगावै कार्वाईड हालेर पकाइएको आँप व्यापारीले बिक्री गरिरहेका छन् । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि निकै हानिकारक हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सुर्या अस्पताल वीरगञ्जका डा. सरोज सिंहले हानिकारक रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताएका छन ।

विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने उनको भनाइ रहेको छ । त्यसैगरी बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने वीरगञ्जका अर्का डा. अशोक दासले बताएका छन ।

‘कार्बाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ’, डा. दासले भने । प्राकृतिक रूपमा साउनदेखि भदौमा पाक्ने आँपहरु केमिकल राखेर जेठ असारमै सकाई रहेका छन् । यसरी मानव स्वास्थसँग प्रत्यक्ष रूपमा खेलवाड भईरहँदा राज्य मौन हुनु ठूलो विडम्बना भएको जानकारहरु बताउँछन् । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्