Logo

रोहित, सन्दीप र दीपेन्द्रसिंहले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने

रोहित, सन्दीप र दीपेन्द्रसिंहले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने



काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० खेल्ने भएका हुन् । रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् ।

गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदैछ ।

यो ग्लोबल टी–२० को चौथो सिजन हो । यसअघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL