Logo

पुनः उच्च रेकर्ड नजिक पुग्यो सुनको मूल्य, एकैदिन प्रतितोला १९ सयको वृद्धि

पुनः उच्च रेकर्ड नजिक पुग्यो सुनको मूल्य, एकैदिन प्रतितोला १९ सयको वृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उच्च रेकर्डनजिक पुगेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्य नेपाली बजारमा १ लाख ४४ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यसअघि गएको जेठ २४ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु अर्थात प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको थियो । त्यसयता केहि घटेको सुनको मूल्य आज पुनः त्यसैको नजिक पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै १८ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL