काठमाडौं । तारा एयरले सगरमाथा क्षेत्रमा रहेको फोहोर संकलन गरेको छ । तारा एयरले सगरमाथा क्षेत्र प्रदुषण नियन्त्रण समितिसँगको सहकार्यमा सगरमाथा क्षेत्रको फोहोर संकलन गरेको हो ।
तारा एयरले दुई दशमलब ६ टन फोहोर व्यवस्थापन गरेको बताइएको छ । सोलुखुम्बु जिल्लाको चौरिखर्क,नाम्चे र सरमाथा राष्ट्रिय निकुञ्जक्षेत्रको खुम्जुङ गाविसमा रहेको फोहोरलाई व्यवस्थापन गरेको हो ।
तारा एयरले सोलुखुम्बु क्षेत्रवाट सो परिमाणको फोहोर संकलन गरी निशुल्क काठमाडौंसम्म ल्याइ सो फोहोर महानगपालिकालाई बुझाएको छ । तारा एयरले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो काम गरेको हो ।
गत जुनमा समितिसँग सगरमाथा क्षेत्रको फोहोरलाई व्यवस्थापन गर्नका लागि सहकार्य भएको थियो । समितिले बार्षिक रुपमा १२ टन फोहोर संकलन गर्ने लक्ष्य राखेका थियो ।