Logo

आज अन्तर्राष्ट्रिय योग दिवस, भक्तपुरमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने

आज अन्तर्राष्ट्रिय योग दिवस, भक्तपुरमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने



काठमाडौं । जुन २१ अर्थात् अन्तर्राष्ट्रिय योग दिवस । नेपालसहित विश्वभर मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको सानोथिमीस्थित एसओएस बालग्राममा विशेष कार्यक्रम गर्दैछ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् । मूल कार्यक्रमअघि पुरानो सिनामंगल, गठ्ठाघर, लोकन्थली र मध्यपुर थिमी चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए ।

मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचार गरेको छ । साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL