बिजखबर संवाददाता
१६ पुस, काठमाडौं । बुधबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुन ५१ हजार ९ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ ५ रुपैयाले वृद्धि भएको छ । प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।