काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग मन्त्रालय अहिले नीतिगत सुधारमा सकृय रहेकोे बताएका छन् । नेपालका लागि डेनमार्कका कार्यवाहक राजदूत इनग्रिड दहल म्याडसेनसँगको भेटमा मन्त्री जोशीले औद्योगिक वातावरण तयार गरी नेपालमा स्वदेशी तथा विदेशी भित्र्याउने उद्धेश्येका साथ मन्त्रालय यसमा लागेको जानकारी दिए ।
साथै सरकारले हालै विशेष आर्थिक क्षेत्र सम्वन्धि ऐन र औद्योगिक व्यवसाय ऐन व्यवस्थापिका संसदबाट पास गरेको जानकारी दिएका हुन् ।
ऐनको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले विनियमावली बनाउन कमिटी गठन गरेर प्रकृया अगाडि बढाई सकेको बताए ।यसका अतिरिक्त कम्पनी ऐन समसामयिक सुधारका लागि मन्त्रिपरिषद्मा पेश गरेको जानकारी दिए ।
भेटमा नेपालका लागि डेनमार्कका कार्यवाहक राजदूत इनग्रिड दहल म्याडसेनले उद्योग मन्त्रालयको अहिलेको काम गराईबाट नेपालको निजी क्षेत्र उत्साहित रहेको आफुले पाएको बताए । नेपाल व्यवसाय मंचमा डेनिश सहयोग रहेको भन्दै विदेशी लगानीकर्ता सम्मेलन गर्न नेपाल सरकारलाई सघाउन आफुहरु इच्छुक रहेको बताए ।
सो अवसरमा उनले नेपालमा लगानी गर्न डेनिश लगानीकर्ताहरु ईच्छुक रहेको जानकारी दिए । साथै नेपालमा सरकार र नीजि क्षेत्रबीच समन्वयको अभाव रहेको आफुले पाएको जानकारी दिए ।