Logo

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीको मुल्य पनि उकालो

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीको मुल्य पनि उकालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार बढ्दै प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले उकालो लागेर प्रतितोला १८ सय ४० रुपैयाँ पुगेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL