Logo

आर्थिक सुधारलाई सहज बनाउन चीनले मौद्रिक नीति समायोजन गर्ने

आर्थिक सुधारलाई सहज बनाउन चीनले मौद्रिक नीति समायोजन गर्ने



काठमाडौं । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताएका छन् ।

यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैङ्क अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भने ।

निरन्तर सुधार हुँदै जाँदा, चिनियाँ अर्थतन्त्रले अझै पनि केही चुनौतिहरूको सामना गरिरहेको छ । यसले घरेलु आर्थिक परिसंचरणमा अवरोध र बाह्य वातावरणको जटिलता, गम्भीरता र अनिश्चितता उल्लेखनीय रूपमा बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL