Logo

पश्मिनाको क्रेता/बिक्रेता भेला सम्पन्न, हस्तकलाको विकासका लागि क्राफ्ट भिलेज आवश्यक

पश्मिनाको क्रेता/बिक्रेता भेला सम्पन्न, हस्तकलाको विकासका लागि क्राफ्ट भिलेज आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल हस्तकला महासंघको बाणिज्य परिषदको आयोजनामा पश्मिना वस्तुको क्रेता बिक्रेता भेला २०७३ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले निर्यात योग्य हस्तकलाको वसतु पश्मिनाको प्रबद्र्धन तथा क्रेता र बिक्रेता बीच सामिप्यता बढाई व्यापार प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

साथै नेपाली हस्तकला क्षेत्रको विकास र प्रबद्र्धनको लागि क्राफ्ट भिलेजको आवश्यकता रहेकोले सोको स्थापनाको लागि सरकारले सहयोग गर्नु पर्ने धारणा राखे ।

कार्यक्रमका बाणिज्य मन्त्रालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायले महासंघद्वारा आयोजित पश्मिनासंग सम्बन्धित प्रदर्शनी र क्रेता बिक्रेता भेलामा उपस्थित भई अवलोकन गर्ने मौका पाएकोमा आँफु अत्यन्तै गौरवान्भित भएको बताए ।

यस्ता कार्यक्रमले नेपाली हस्तकला क्षेत्रको प्रबद्र्धन र अन्तरराष्ट्रिय बजारमा पु¥याउनको लागि महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको जानकारी दिए ।
साथै नेपाली पश्मिनाको गुणस्तर अन्तय मुलुकसंग अतुलनिय भएकोले नेपाली पश्मिनाको पहिचानमा गुणस्तरीयतामा कुनै सम्झौता नगर्न उत्पादकहरुलाई आग्रह समेत गरे । हस्तकलाको प्रबद्र्धनको लागि नेपाल सरकार सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्