Logo

पहिरोले मुग्लिन मलेखु खण्ड अवरुद्ध, पहिरो पन्छाउने काम जारी

पहिरोले मुग्लिन मलेखु खण्ड अवरुद्ध, पहिरो पन्छाउने काम जारी



काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज (सोमबार) विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो गए लगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL