Logo

औद्योगिक ऐनले लगानीकर्ताको मनोबल बृद्धि, तत्काल कार्यन्वयन गर्न सिएनआईको सुझाव

औद्योगिक ऐनले लगानीकर्ताको मनोबल बृद्धि, तत्काल कार्यन्वयन गर्न सिएनआईको सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हालै पारित भएको नयाँ औद्योगिक ऐनले नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । ऐनले लगानीकर्ताको मनोवल बृद्धि गरेको भन्दै परिसंघले स्वागत गरेको हो ।

ऐनले उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र आवश्यकताअनुसार वहिर्गमनलाई सहज र सरलिकरणका कानुनी आधार तय गर्ने सिएनआइले जानकारी दिएको छ । साथै यस ऐनले निजीक्षेत्रमा नयाँ सञ्चार र उत्साह पैदा गराएको परिसंघको धारणा छ । यसबाट उद्योग र लगानीका क्षेत्रमा सकारात्मक सन्देश गएको र मुलुकको आर्थिक विकासको लागि व्यवसायिक वातावरणमा सुधारको थालनीभएको विश्वास पनि परिसंघले लिएको छ ।

मुलुकमा थप लगानी आकर्षित गर्दै औद्योगिक विकासलाई तिब्रता दिन आर्थिक स्वतन्त्रता र लगानी सुरक्षाको सुनिश्चितता सहितको लगानीमैत्री वातावरण अत्यावश्यक शर्त हो । त्यसका लागि नीतिगत र कानुनी व्यवस्था आवश्यक भएको बताइएको छ ।

ऐनले नयाँ उद्योगमा लगानी आकर्षित गर्न आयकर छुटलगायत विभिन्न प्रोत्साहनमुलक व्यवस्था गरेको छ । स्थापित उद्योगहरुको निर्वाध सञ्चालनका लागि उद्योगको राष्ट्रियकरण नगर्ने, बन्द हडताल निषेध गर्ने र औद्योगिक श्रम सम्वन्ध सुमधुर राख्नका लागि रोजगारदाता र श्रमिकको संयुक्त स्थायी संयन्त्र स्थापना जस्ता व्यवस्था गरेको छ ।

साथै ऐनले अङगिकार गरेको ‘नो वर्क नो पे’ को सिद्धान्तले औद्योगिक क्षेत्रमाआन्दोलन (बन्द हडताल) न्यूनिकरण गर्न र उत्पादकत्वअभिवृद्धि गर्नमा सबै सरोकारवालाहरुलाई प्रोत्साहित गर्ने परिसंघको विश्वास छ । ऐनको यथाशिघ्र कार्यान्वयनका लागि तत्काल नियमावली बनाएर व्यवहारिक रुपमा नै लागु गर्न सरकारको ध्यानाकर्षण समेत गर्दछ ।

परिसंघले विभिन्न समयमा र ऐन तर्जुमाको चरणमा समेत प्रस्ताव गरेका विभिन्न सुझावमध्ये अधिकांश यस ऐनमा समावेश भएकोमा खुशी व्यक्त गरेको छ । साथै परिसंघ नेपाल सरकार प्रति हार्दिक आभार व्यक्तगर्दै यसमा समावेश हुन नसकेका तर,औद्योगिक विकासका लागि आवश्यक सुझावहरु क्रमशः सम्वोधनहुँदै जानेछन् भन्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्