Logo

ग्लोवल की टेक्नोलोजीले ल्यायो नयाँ मोवाइल एप, जतिको मोबाइल रिचार्ज त्यति नै क्यास ब्याक

ग्लोवल की टेक्नोलोजीले ल्यायो नयाँ मोवाइल एप, जतिको मोबाइल रिचार्ज त्यति नै क्यास ब्याक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल एप्स रिचार्जर सोमबार नेपाली बजारमा सार्बजनिक गरेको छ । दशैं तिहारको अबसर पारी मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै क्यास ब्याक दिने नयाँ एप सार्वजनिक गरेको हो ।

एप्स प्रयोगकर्ताले एनटिसी अथवा एनसेल मोबाइल रिचार्ज गर्दा सोही रकम बराबरको क्यास ब्याक प्राप्त गर्नेछन् । यसरी जम्मा भएको क्यास ब्याक रकम अनलाइन सपिङ गर्दा, फिल्म हेर्दा, रेष्टुरेन्टमा खाँदा, फ्लाइट बुक गर्दा तथाएप्सले उपलब्ध गराउने अन्य सेवाहरुमाखर्च गर्न सकिने बताइएको छ । यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र एपस्टोरबाट रिचार्जर टाइप गरि निःशुल्क डाउनलोड गर्न सक्नेछन ।

यो एप्स १ सय भन्दा बढी आधिकारिक फेसबुक र इन्स्टाग्राम सपिङ पेजहरुको छुट्टै सपिङ हब हो । एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले जुनसुकै स्रोतबाट मोबाइल रिचार्ज गरेपनिबिना इन्टरनेट क्यासब्याकप्राप्तगर्न सकिने यो एप्स स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षितगरि ल्याइएको ग्लोबल की टेक्नोलोजी प्रालिका प्रेशिडेन्ट अलाइभ ग्लाइडरले जानकारी दिए ।

एप्स मार्फत अनलाइनमा खरिद गरिएको सामानको डेलिभरी घरमै गर्ने ब्यबस्थामिलाइएको समेत बताए । यो एप्स मार्फत अनलाइन मोबाइल रिचार्ज, अफलाइन डाटाप्याक खरिद, सुन चाँदीको मुल्य, बिनिमयदर, सेयर बजार तथा बजारमा आएका नयाँनयाँ फेसन ब्राण्डहरुको बारेमा जानकारी पाइने सुबिधा रहेको कम्पनीका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्