Logo

नगरसभा बैठक स्थगित भएपछि बालेनको आक्रोश : कांग्रेस–एमालेको ‘धङधङ्गी’ बोकेर नआउनू

नगरसभा बैठक स्थगित भएपछि बालेनको आक्रोश : कांग्रेस–एमालेको ‘धङधङ्गी’ बोकेर नआउनू



काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ । नगरसभाको अर्को बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको महानगरले जनाएको छ । कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि नगरसभा बैठक स्थगित भएको हो । कांग्रेस र एमालेका वडाध्यक्षहरूले नगरसभाको बैठक बहिष्कार गरेर सभाहलबाट निस्किएपछि नगरसभा स्थगित गरिएको छ ।

असार १० गते फेरि नगरसभा बस्ने गरी बैंठक स्थगित भएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । यता मेयर बालेन्द्र शाह (बालेन) ले भने तीन शीर्ष नेताले जनप्रतिनिधिको बोल्ने अधिकार हनन् गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा सबै जनप्रतिनिधि कुनै नेताको उपनेताका रूपमा नआउनसमेत अनुरोध गरेका थिए ।

‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,’ उनले भने, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ ।’

यसअघि मेयर शाहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर एमाले र कांग्रसका वडाध्यक्षले केही प्रतिक्रिया नदिई बैंठक छाडेका थिए ।

नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौँ महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने कार्यसूची थियो । तर बैंठक नै स्थगित भएपछि आगामाी साता मात्र यस विषयमा छलफल गरी पारित गर्ने प्रवक्ताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL