Logo

दशैं खर्च नपाएको भन्दै विरोधमा निस्किए मजदुर, विमानस्थल ठप्प पार्ने चेतावनी

दशैं खर्च नपाएको भन्दै विरोधमा निस्किए मजदुर, विमानस्थल ठप्प पार्ने चेतावनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मजदुरहरुले त्रिभुवन विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, निर्देशक तथा मन्त्री नेताहरु दसैं मनाउन विदेश गइरहे पनि आफूहरुले दसैं खर्च नपाएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

नेपाल हवाइ प्राधिकरणमा कार्यरत ४ सय मजदुरहरुले आफूहरुको समस्याबारे सुनुवाइ नभएकोले विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन् । मजदुरहरुले यस विषयमा बारम्बार कुरा राख्दा पनि सम्बन्धित सुनुवाइ नभएको नेपाल ट्रेकिङ ट्राभल्र्स याफ्टिङ एयरलाइन्स मजदुर युनियन युनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘ठेकेदार कम्पनीहरु यो आफ्नो काम नभएको भन्दै पन्छिने गरेका छन् ’ विज्ञप्तिमा उल्लेख छ ।’
त्यस्तै पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई सम्पर्क गरेर समस्याबारे जानकारी गराउँदा पनि पन्छिने गरेको पराजुलीले बताएका छन्।
‘मजदुर मारेर एयरपोर्ट चलाउनुको आवश्यकता नरहेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ । आफुहरुलाई रकम तथा सुविधा समयमै उपलब्ध नभए एयरपोर्ट ठप्प पार्नेसम्मको कदम चाल्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

मजदुरहरुले आफ्नो विरोधको कार्यक्रम समेत सार्वजनिक गरेका छन् । जसअनुसार १८ गते १० बजेसम्म एयरपोर्ट्भित्र रहेको ठेकेदारको अफिस घेराउ गर्ने । १९ गते हवाइ प्रधिकरण डिजीको कार्यकक्ष घेराउ गर्ने र ज्ञापनपत्र बुझाउने । त्यसैगरी २० गते एयरपोर्टमा काम नगरी दुई घन्टा बन्द गर्ने । २१ गते सरसफाइदेखि सबै काम बन्द गर्ने चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्