Logo

सिटीईभीटीकै ल्यावमा क्रिप्टोमाईनिङ, ६४ कम्प्युटरसहित २ जना पक्राउ

सिटीईभीटीकै ल्यावमा क्रिप्टोमाईनिङ, ६४ कम्प्युटरसहित २ जना पक्राउ



काठमाडौं । सिटीईभिटी अन्तर्गतको एक आइटी ल्याबमै क्रिप्टो माईनिङ गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले बिहीबार क्रिप्टो माईनिङ गरिरहेको अवस्थामा किर्तिपुरका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको हो ।

उनिहरुले सिटीईभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन (टीटी)को भवनमा क्रिप्टो माईनिङ गर्दै आएका थिए । सिआईबीको टोलीले उनिहरुसहित भवनमा क्रिप्टो माईनिङका लागि प्रयोग हुने ६४ थान कम्प्युटर पनि बरामद गरेको छ । उनिहरुलाई भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धानको कार्य भईरहेको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL