Logo

उपत्यका बाहिर१सय सरकारी बस चलाउन प्रमको निर्देशन, सरकारी निकाय तथा प्याव्सनसँग समन्वय गर

उपत्यका बाहिर१सय सरकारी बस चलाउन प्रमको निर्देशन, सरकारी निकाय तथा प्याव्सनसँग समन्वय गर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाबाहिर १ सय सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।

दशैं, तिहार, छठलगायत पर्वलाई मध्यनजर गर्दै उपत्यकादेखि देशका प्रमुख शहरहरु र जिल्ला सदरमुकामसम्म सर्वसाधारणको यातायात आवगमनलाई सहज बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सनलगायत संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न उनले मन्त्री लेखकलाई निर्दिष्ट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्