Logo

देशकै ठूलो हेटौंडा विद्युत सवस्टेशनको औपचारिक उद्घाटन आज, चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने

देशकै ठूलो हेटौंडा विद्युत सवस्टेशनको औपचारिक उद्घाटन आज, चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने



काठमाडौँ । हेटौँडामा नव निर्मित देशकै ठूलो विद्युत् सबस्टेशनको शुक्रबार औपचारिक उद्घाटन गरिने भएको छ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार) हेटौँडा जानेभएका छन् ।

laxmi

मुलुकको विद्युत प्रशारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सकिएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रशारण लाइन निर्माण सकिएको हो ।

अब यो प्रशारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित हेटौँडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL