Logo

तामाकोशीको १४ करोडको पुल निर्माण अलपत्र, पेश्की लिएको ठेकेदारले गरेन काम

तामाकोशीको १४ करोडको पुल निर्माण अलपत्र, पेश्की लिएको ठेकेदारले गरेन काम



काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ ।

विसं २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका-प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन । उक्त कम्पनीले १४ करोड २७ लाखमा निर्माण पूरा गर्नेगरी सरकारसँग सम्झौता गरेको थियो ।

पुष्पलाल राजमार्गका सूचना अधिकारी हर्कबहादुर प्रधानका अनुसार निर्माण कम्पनीले पेस्कीबापत रु ७१ लाख ३५ हजार लिइसकेको छ । उनले भने, ‘उक्त पुल निर्माणको वित्तीय प्रगति शून्य छ । भौतिक प्रगति भने तीन प्रतिशत भएको छ ।’ निर्माण कम्पनी म्याद थपका निम्ति आवेदन गरेको तथा त्यो विचाराधीन रहेको जानकारी दिँदै उनले काम नगरे पेस्की रकम जफत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL