Logo

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि केहि वृद्धि देखिएको छ ।

मंगलबार प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १८ सय २० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL