Logo

काठमाडौं-सिन्धुलीगढी साइकल यात्रा हुने, इच्छुक साइकलयात्रीका लागि आवेदन खुल्ला

काठमाडौं-सिन्धुलीगढी साइकल यात्रा हुने, इच्छुक साइकलयात्रीका लागि आवेदन खुल्ला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कात्तिक २३ र २४ गते काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकलयात्रा हुने भएको छ । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकलयात्रा काठमाडौं–धुलिखेल हुँदै जाने रमणीय वीपी राजमार्गमा हुनेछ ।

काठमाडौं–समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा साइकलयात्रा आयोजना गर्न लागेको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, जिल्ला विकास समिति सिन्धुली र स्थानीय सेनाको गणले संयुक्त रुपमा आयोजना गर्ने विजयोत्सवले सरकारी उत्सवको रुप लिइसकेको छ । आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुलीनागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको बताइएकने छ ।

साइकलयात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने उद्देश्य रहेको आयोजकले जानकारी दिए । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने योजना छ । ‘राइड टु सिन्धुलीगढी’लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने प्रयत्न हुने बताइएको छ ।

यस बर्षको साइकलयात्राको पर्यटन बोर्डले कार्यक्रम प्रबधनमा सघाउने भएको छ । स्थानीय रुपमा सिन्धुलीगढी संरक्षण समितिले कार्यक्रमको प्रबन्ध मिलाउने छ ।‘राइड टु सिन्धुलीगढी’मायात्रा गर्न इच्छुक साइकलयात्रीका लागि आवेदन खुल्ला गरिएको छ । प्रतिब्यक्ति १ हजार रुपैयाँ तिरेर यात्रीले आफूलाई दर्ता गर्न सक्ने छन् ।

यात्रीका लागि आयोजकले खाने, बस्ने, टिसर्ट, बीमा, फर्कँदा सवारी साधनलगायतको ब्यवस्था गर्ने छन् । साइकलयात्रामा विश्व साइकलयात्री पुस्कर शाहविशेष आकर्षण हुनु हुनेछ । राइड टु सिन्धुलीगढीको नेतृत्व ब्यवसायिक साइकलयात्री देवेन्द्र बस्नेतले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्