Logo

एकैदिन प्रतितोला ४ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन प्रतितोला ४ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य एकैदिन प्रतितोला ४ हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकाएक ठुलो अन्तरले घट्दै प्रतितोला १ लाख ४१ हजारमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले ओरालो लागेर प्रतितोला १८ सय २५ रुपैयाँमा झरेको हो । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL