Logo

सक्षम र सानिमा बैंक बीच समझदारी, मध्य र सुदूरपश्चिममा विपन्न वर्ग कर्जा प्रवाहमा सरलता

सक्षम र सानिमा बैंक बीच समझदारी, मध्य र सुदूरपश्चिममा विपन्न वर्ग कर्जा प्रवाहमा सरलता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैक र युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच विपन्न वर्ग कर्जा प्रवाहका लागि सम्झौता भएको छ । आज एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा सानिमाका नायव प्रमुख कार्यकारी तेजवहादुर चन्द र सक्षमका टोली नेता बलजित बोहराले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार आगामी दिनमा मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा विपन्न वर्ग कर्जालाई सरल र सहज बनाउन मद्दत पुग्ने छ । जस अनुसार सो क्षेत्रका विभिन्न १३ जिल्लामा त्यस्तो कर्जा प्रवाहलाई सरल वनाउन सहयोग पुग्ने विश्वास छ ।
साझेदारी गरेका छन् ।

समझदारी अनुसार झापा, धादिङ, चितवन, सुनसरी, बाँके, संखुवासभा, रुपन्देही, मकवानपुर, कैलाली, दाङ, सुर्खेत, कञ्चनपुर र कालिकोट सरल रुपमा कर्जा प्रवाह गरिने छ । जस अनुसार बढ्दै गएको विपन्न कर्जा कृष्ीि तथा साना तथा मझौलालाई समेत समेट्ने गरी बैंकले कालिकोटमा शाखा खोल्ने छ ।

प्रतिक्रिया दिनुहोस्