Logo

सुनको मूल्यले पुन: चुम्याे नयाँ उचाई, एक दिनमै १ हजारको वृद्धि

सुनको मूल्यले पुन: चुम्याे नयाँ उचाई, एक दिनमै १ हजारको वृद्धि



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य बढ्दै प्रतितोला १ लाख ४५ हजार पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार विहीबार प्रतितोला १८ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १९ सय रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्