Logo

बालेनको पक्षमा उभियो कांग्रेस, न्यूरोडको फुटपाथ बढाउन दिनुपर्ने भन्दै महामन्त्री शर्माले गरे सरकारी हस्तक्षेपको विरोध

बालेनको पक्षमा उभियो कांग्रेस, न्यूरोडको फुटपाथ बढाउन दिनुपर्ने भन्दै महामन्त्री शर्माले गरे सरकारी हस्तक्षेपको विरोध



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठूलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए ।

स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् । उनले उक्त काममा संघले हस्तक्षेप गर्नु नहुने पनि बताए । उनले भने, ‘न्युरोडमा नागरिकहरूको लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए, उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै प्रकारको हस्तक्षेप गर्नु हुँदैन, फिर्ता हुनुपर्छ ।’

काठमाडौं महानगरले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेपछि विवाद सुरु भएको थियो । सडक डिभिजन कार्यालय काठमाडौंले अनुमतिबिना सडक काटेको भन्दै पुनः सडक कालोपत्रे गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL