काठमाडौं । यती एयरलाइन्सले सामसुङ ग्यालेक्सी ७ को प्रयोगमा निषेध गरेको छ । एयरलाइन्सले सूचना जारी गर्दै सामसुङ ग्यालेक्सी नोट ७ जहाजमा प्रयोग नगर्न भनेको हो ।
मोवाइल जहाजमा अन गर्न नपाइने तथा फ्लाइट मुडमा समेत राख्न पाइने छैन । यात्रुसँग सो फोन भएमा स्वीच अफ गरेर हाते झोलामा राख्नुपर्ने बताइएको छ ।
सामसुङ ग्यालेक्सी नोट ७ को व्याट्रि पड्किएको घटनाहरु सार्वजनिक भएसँगै एयरलाइन्सले कडाई गरेको हो ।