Logo

सुनको मुल्यमा एकैदिन १८ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

सुनको मुल्यमा एकैदिन १८ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर १ लाख ४४ हजार रुपैयाँ प्रतितोला पुगेको हो ।

यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै १८ सय ५० रुपैयाँ पुगेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १८ सय २५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL