काठमाडौं । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स भिसा (डिभी)का लागि आगामी मंगलवारदेखि आवेदन खुल्ने भएको छ । अमेरिकी दूतावासका अनुसार मंगलवार ९:४५ बजेबाट आवेदन दर्ता हुनेछ ।
डिभीको आवेदन कात्तिक २२ गते बन्द हुने छ । डब्लुडब्लुडब्लु डट डिभी लोटरी डट स्टेट डट गिओभी मा गई डिभी भर्न सकिन्छ । डिभी भर्दा प्रयोग हुने फोटो अघिल्लो बर्ष प्रयोग गरेको मान्य हुँदैन । त्यस्तै फोटो खिच्दा चस्मा लगाउनु हुदैन ।
डिभी भरेपछि प्राप्त गरिने कन्फरमेशन नम्बरबाट रिजल्ट थाहा पाउन सकिन्छ । दूतावासका अनुसार डिभीको नतिजा आगामी २०७४ बैशाख १९ मा प्राप्त गर्न सकिने छ ।