Logo

काठमाडौँमा मेघगर्जन र हावाहुरीसहित वर्षा, हवाई उडान प्रभावित

काठमाडौँमा मेघगर्जन र हावाहुरीसहित वर्षा, हवाई उडान प्रभावित



काठमाडौं । काठमाडौँ उपत्यकामा अहिले मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पश्चिमी वायुबाट विकसित प्रणालीबाट वर्षा भइरहेको हो ।

‘आज उपत्यकामा मजैसँग वर्षा हुन्छ जस्तो छ’, उनले भने, ‘मध्यमसम्म वर्षा हुन सक्छ ।’ उनका अनुसार स्थानीय वायुबाट विकसित पानी पार्ने प्रणाली काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिमबाट प्रवेश गरेको हो । ‘थानकोटबाट सुरु भएको वर्षा उत्तरपूर्व फैँलिँदै छ’, उनले भने, ‘अहिले उपत्यकाको अधिकांश स्थानमा वर्षा भइरहेको छ ।’

एकाएक मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका छन् । पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो । विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का प्रवक्ता सुवास झाले जानकारी दिए ।

खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ । स्थानीय समय अनुसार बिहानको १०ः४० बजेट टीआईएमा अवतरण गर्ने समय रहेपछि तीव्र हावाहुरीका कारण जहाज ल्यान्ड (अवतरण) गर्न नसकेर लासा डाइर्भट गरिएको प्रवक्ता झाले जानकारी दिए । अन्य उडानहरू केही समय होल्ड भए पनि थप समस्या नआएको उनले बताए । आन्तरिकतर्फको उडान पनि केही प्रभावित हुन पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL