Logo

क्रिकेटप्रेमीलाई काठमाडौं महानगरको उपहार, तीन ठाउँमा ‘कन्सर्ट’ सहित नेपालको क्रिकेट म्याच निःशुल्क देखाउने

क्रिकेटप्रेमीलाई काठमाडौं महानगरको उपहार, तीन ठाउँमा ‘कन्सर्ट’ सहित नेपालको क्रिकेट म्याच निःशुल्क देखाउने



काठमाडौं । टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो ।

नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिने छन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL