काठमाडौं । रिलायव डेभलपमेन्ट बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वमा काम गर्दै आफ्नो वार्षिकोत्सव मनाएको छ ।
बैंकको वार्षिकोत्सव कार्यक्रमको स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गरेका थिए । सो अवसरमा रुद्रमती सरोकार समाजले आयोजना गरेको फोहोरमुक्त सहड घोषणा कार्यक्रमलाई ४० वटा डष्टविन वितरण गरिएको थियो । गौशलादेखि कमलपोखरीसम्मको स्थानमा उक्त डष्टविन राखिएको थियो ।
१० औं वर्षसम्म आईपुग्दा बैंकले ९ अर्ब निक्षेप संकलन गरी ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकले आफ्ना १७ वटा शाखामार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ